भुर्तेल पहिलो पटक आईसीसी वरीयतामा

काठमाडौं : डेब्यूमै लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी वरीयतामा परेका छन् । भुर्तेल पहिलो पटक आइसीसीको टी–२० ब्याटिङतर्फको वरीयतामा परेका हुन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको ब्याट्सम्यानको सूचीमा भुर्तेलको नाम ९३ औं स्थानमा छ । उनी ३५९ नम्बरसहित सो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
नेपालका पूर्वकप्तान पारस खड्काको स्थान १० अंक तल झरेको छ । उनको स्थान ८३ औं नम्बरमा पुगेको छ । अन्तर्राष्ट्रिय टी-२० करिअरमा भुर्तेलले ३ मात्रै खेल खेलेका छन् ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिसिजमा नेपालको राष्ट्रिय टिममा भुर्तेलले डेब्यू गरेका थिए । नेपालका पूर्वकप्तान पारस खड्का १० स्थान तल झर्दै ८३ औं स्थानमा छन् । बलिङतर्फ सन्दिप लामिछानेले ७ स्थान सुधार गर्दै ७७ औं स्थानमा उक्लिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया