हेटौंडाकाे भैरवडाँडा क्षेत्रमा देखा पर्याे बाघ, नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

मकवानपुर- मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा क्षेत्रमा आइतबार बाघ देखा परेकाे थियाे । आइतबार २ वटा डमरुसहित स्थानीयले बाघ देखेका थिए । आइतबार नै स्थानीयकाे २ वटा बाख्रा खाएको बाघ सोमबार पनि त्यस क्षेत्रमा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
साेमबार समेत देखा परेको बाघको खोजी कार्य थालिएको छ । मंगलबारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरवडाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो । यसैगरि भैरवडाँडाकाे वन क्षेत्रमा बाघ समात्न स्वचालित ट्र्यापिङ क्यामेरा जडान गरिएको छ। बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले भैरवडाँडास्थित वन क्षेत्रमा चारवटा ट्र्यापिङ क्यामेरा जडान गरेको हो ।
‘हामीले जडान गरेको क्यामेरा दुई दिनपश्चात् हेर्नेछौं । त्यस क्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ,’ वडाध्यक्ष सविन न्यौपानेले भने । क्यामेराले त्यसक्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने न्यौपानेले बताए।
आइतबार बिहान साढे ११ बजे स्थानीयकाे एउटा बाख्रा र एउटा खसी खाएकाे बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जंगल बाक्लो रहेकोले बाघ कहीकतै गएर बसेको हुनसक्ने मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । बाघको खोजी कार्य भइरहेकाले सतर्कता अपनाउन समेत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेकाे छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया