‘पठान’का जिम गुरु सलमान, ऋतिक र टाइगर

मुम्बई - शाहरुख खानले बुधबार ५७ औँ जन्मदिन मनाए । उनको घर अगाडि बुधबार फ्यानको महासागर थियो । यो भिडले देखाउँथ्यो भलै फ्यान उनका फिल्मदेखि विरक्तिएका छन् तर उनीप्रतिको प्रेममा कुनै कमी छैन ।
बुधबार नै स्थापनाको ५० वर्ष मनाइरहेको यशराज फिल्मले शाहरुखको जन्मदिन पारेर शाहरुख अभीनित ‘पठान’को टिजर रिलिज गर्यो । टिजरमा दीपिका पादुकोन र जोन अब्राहम पनि छन् । तर चर्चा छ केवल शाहरुखको । यसमा पनि खासगरी फिल्म भित्र देखिएको उनको ज्यानको ।
‘ओम शान्ति ओम’मा ‘दर्दे डिस्को’ गीतमा शाहरुखको ज्यान जानाजान देखाइएको थियो र त्यसको तारिप पनि भएको थियो । त्यसयता उनले ज्यान देखाउने मौका पाएका थिएनन् । ‘पठान’ टिजरमा भने निर्देशक सिद्धार्थ आनन्दले शाहरुख खानको डल्ला निस्किएको ज्यान ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् । यसले फ्यानलाई कौतुहल बनाउने नै भयो कि शाहरुखले कसरी यस्तो ज्यान बनाए । शाहरुखले फ्यानको यो जिज्ञासाको जवाफ दिएका छन् ।
शाहरुखका अनुसार फिल्ममा देखिएको ज्यान आफूले लकडाउनको समयमा बनाएको बताएका छन् । तर यसका लागि आफूले उद्योगका बडी बिल्डर सलमान खान, ऋतिक रोशन र टाइगर श्राफको सहयोग लिएको खुलासा गरेका छन् ।
‘लकडाउनको समयमा जिम ट्रेनरलाई पनि घर आउने अनुमति थिएन । तर ज्यान पनि नबनाई भएको थिएन । मैले यसका लागि सलमान भाइ, ऋतिक र टाइगरसँग मद्दत मागेँ । उनीहरूले दिएको सल्लाहअनुसार जिम गर्दा फाइदा भयो,’ शाहरुखले भनेका छन् । उनले योबाहेक गुगलसँग पनि मद्दत लिएको बताएका छन् । ‘पठान’ आउँदो वर्षको जनवरी २५ मा रिलिज हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया