पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोबीच विवाह

न्युयोर्क- पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले विवाह गरेको घोषणा गरेका छन् । २६ वर्षीय अर्जेन्टिनी मारियाना भेरेला र २२ वर्षीय फाबियोला भ्यालेन्टिना थाइल्याण्डमा २०२० मिस ग्रान्ड इन्टरनेसनल प्रतियोगितामा भेटेका थिए । यी दुईले अर्जेन्टिना र पोर्टो रिकोको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए । दुई सुन्दरीहरू पहिलेदेखि नै सँगसँगै थिए ।
सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘ हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि विशेष दिनमा ढोका खोल्दैछौं ’, उनले लेखेकी छिन् । दुवैले गत २८ अक्टोबरमा विवाह गरेको बताएका छन् । दुई वर्ष आफूहरुले गोप्य प्रेम गरेको र विवाहपछि सार्वजनिक गरेको बताएका छन् ।
अर्जेन्टिना र पोर्टो रिको दुवै देशमा एउटै लिङ्गबीच हुने विवाह वैधानिक छ । अर्जेन्टिनाले सन् २०१० मा यस्तो विवाहलाई कानुनी मान्यता दिएको थियो भने पोर्टो रिकोले सन् २०१५ मा ।
एजेन्सी

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया