निर्देशक हलिउड, हिरो बलिउड : ‘प्रसाद २’ के हुन्छ ?

काठमाडौँ - निर्देशक हलिउड हिरो बलिउड, ‘प्रसाद २’ के हुन्छ ? यो प्रश्न निर्मातालाई कुनै पत्रकार गरेका हैनन् । निर्माता स्वयंको गुनासो हो । निर्देशक, निर्माता हुँदै कलाकारसम्म फेरबद लगर्दे मुद्दा मामिलासम्म पुगेको फिल्म मंसिर ७ देखि फ्लोरमा जाने चर्चामा थियो तर सुटिङको दिन नजिकिँदै गर्दा निर्माता स्वयं निर्देशक र कलाकार नभएको गुनासो गर्ने अवस्थामा पुगेका छन् ।
निर्माता सुभाष थापालेले बिहीबार फेसबुक स्ट्याट्स लेख्दै आफ्नो लाचारी प्रकट गरेका हुन् । उनले विपिन कार्कीलाई क्षतिपूर्तिको दाबीसहित मुद्दा हालेपछि निर्माता संघको पहलमा दुवैपक्ष बीच मंसिरको पहिलो हप्ता सुटिङ गर्ने सहमति भएको थियो ।
तर मिति नजिकिँदै गर्दा निर्देशक सुदर्शन थापा अमेरिकन फिल्म मार्केटमा भाग लिन अमेरिका पुगेका छन् भने फिल्मका मुख्य कलाकार विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को सुटिङ गर्न मुम्बई पुगेका छन् । यसैबीचमा अभिनेत्री नम्रता श्रेष्ठले फिल्म नगर्ने निर्णय पछि निर्माण टिमले केकी अधिकारीलाई अनुबन्ध गरेको छ । तर बेलामा सुटिङ नहुँदा फिल्मबाट विपिन कार्की पनि अलग्गिन सक्ने चर्चा सुरु भएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया