बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

रियलमी युआइ विजेट को–क्रिएट गर्न सहभागिताको आव्हान

काठमाडौंँ- स्मार्टफोन ब्रान्ड रियलमीले  रियलमी यु आइ विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप  डेभलपर, यु एक्स डिजाइनर एवम्स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर  सर्व साधारण समेत सहभागी हुन सक्नेछन्।

 विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरूसँग मिलेर नयाँ रियलमी युआइ विजेट सह  सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो  क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ ।  साथै यस क्याम्पेनले उपभोक्ताहरूलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ  भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ ।  

यसरी बनाइने नयाँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै  उपभोक्ताहरूको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरू पनि समावेश गरिनेछ ।  साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरू पनि प्रदान गर्ने गरी  डिजाइन गरिने कम्पनीले जनाएको छ ।  यस यु आइ विजेटको मुख्य काम आवश्यक सुचनाहरू होम स्क्रिनमा सरल तरिकाले देखिने  बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरूबाट रोचक र  नवीन आइडियाहरूको अपेक्षा गरेको छ ।