भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन

भक्तपुर- जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
उनले आजैदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई/दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्न अभियान सुरु गरेको बताए । कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ ।
मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा–वडामा परिचालन गरेको छ । मत चिह्नको वरिपरिको घेरामा नछोइकन मतदान गर्नेबारेमा शिक्षा दिने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले अभियानको फाइदा उठाएर कुनै दलको चुनाव चिह्नमा मतदान गर्न सिकाएको पाइएमा निर्वाचन आयोगले निर्देश गरेअनुसार कारबाही हुने जानकारी दिए ।
मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया