घरदैलो अभियानमा मोक्तान : जनताकाे माग लालपूर्जा

मकवानपुर- मकवानपुरकाे प्रदेश सभा सदस्य पदका उम्मेदवार कुमारी मोक्तानले आजबाट आफ्नाे क्षेत्रमा घरदैलाे अभियान सुरु गरेकी छिन् । मकवानपुरकाे क्षेत्र नम्बर २ काे (क) का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की मोक्तानले गरेकाे घरदैलाे अभियानमा हेटौंडा ११ सिमलटारका स्थानीयले जग्गाकाे लालपूर्जा उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
मोक्तानले बिहीबार बिहान हेटाैंडा ११ सिमलटारमा अभियान सुरु गर्दै सिमलटारवासीको समस्या, गुनासो र अपेक्षाहरू सुनेकी थिइन् । आफ्नो टोलमा मत माग्दै आइपुगेकी मोक्तानसँग स्थानीयहरूले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका हुन् ।
मोक्तानसँगको भेटमा एक सय छ वर्षीया धनमाया पाख्रिनले भनिन्, ‘यो बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो । अब एउटा पूर्जा दिनुहोला जमिनको ।’ अघिल्लो पटक पनि मोक्तनलाई आफूहरूले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भएपछि खुसी लागेको बताइन् ।
घरदैलो अभियान पछि काेणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफूले सकेको पहल गर्ने बताइन् । ‘तपाईंहरूले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पूरा भएको छ . अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईंहरूसँगै रहेर पहल गर्नेछु,' मोक्तानले भनिन्, ‘गठबन्धनलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईंहरूका धेरै अपेक्षा हामी पूरा गर्नेछौं ।’
सिमलटारमा मकवानपुरको विभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया