मकवानपुरमा थप २९ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ५ हजार ९ सय ६५

मकवानपुर- मकवानपुरमा २९ जना डेंगु संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २९ जनामा डेंगु संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ हजार ९ सय ६५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार उक्त संख्या गत साउन महिनादेखिको हो । संक्रमितमध्ये २ हजार ९ सय ६ जना पुरुष र २ हजार ३ सय ५९ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । उपमहानगरपालिकामा २ हजार २ सय ५२ जना पुरुष र १ हजार ८ सय १६ जना महिला गरी ४ हजार ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४ सय २२ जना पुरुष र ३ सय ७४ जना महिला गरी ७ सय ९६ जना, थाहा नगरपालिकामा १ सय ३ जना पुरुष र ६४ जना महिला गरी १ सय ६७ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र २८ जना महिला गरी ७१ जना, भीमफेदी गाउँपालिकामा १८ जना पुरुष र २२ जना महिला गरी ४० जना रहेका छन् ।
यसैगरी, बकैया गाउँपालिकामा १५ जना पुरुष र २५ जना पुरुष गरी ४० जना, राक्सिराङ गाउँपालिकमा १६ जना पुरुष र ४ जना महिला गरी २० जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र १९ जना महिला गरी २९, अन्य जिल्लाका १२ जना पुरुष र ४ जना महिला गरी १६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा संक्रमणका कारण हालसम्म हेटौंडा उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया