घरदैलो गर्दै उम्मेदवार, मतदाता भन्छन् : गुणस्तरीय शिक्षा र स्वास्थ्य चाहियो

मकवानपुर- मकवानपुरमा आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू ग्रामीण बस्तीहरूमा घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । उम्मेदवारहरूसँग मतदाताहरूले आ-आफ्नो स्थानमा रहेको व्यक्तिगतदेखि सामाजिक विकासका समेत माग गर्ने गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकामा भएको मतदाता भेटघाटमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको माग उम्मेदवारसँग राखेका छन् । बागमती गाउँपालिका ३ माझगाउँका मतदाताले त्यसै क्षेत्र अन्तर्गत प्रतिनिधि सभा १ प्रदेश सभा क का उम्मेदवार प्रेमबहादुर पुलामीसँग गुणस्तरीय शिक्षा र स्वास्थ्यको माग गरेका हुन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष तथा सत्ता गठबन्धनका प्रदेश सभा उम्मेदवार पुलामीसँग शिक्षा स्वास्थ्य लगायत भौतिक पूर्वाधारको निर्माण समेतको माग गरेका हुन् ।
बागमती गाउँपालिका १ का डोरबहादुर थापाले नेता पुलामीसँग गाउँपालिकामा प्रदेश सरकार र स्थानीय सरकारले विकास गरेको भए पनि त्यो पर्याप्त नभएको बताए । थापाले भने, 'भौतिक विकासका धेरै काम भएका छन् तर शिक्षा स्वास्थ्य संस्था जनताको आधारभूत आवश्यकताको विकासमा समेत पहल गरिदिनु होला ।’ नेता पुलामीको गृह पालिका भएकोले उनले आफ्नो क्षेत्रमा उल्लेख्य विकास गर्नुपर्ने थापाले सुझाव दिए ।
अर्का मतदाता भेषबहादुर घिसिङले पहिलाको बागमती र अहिलेको बागमतीमा आकाश जमिनको फरक भएको बताउँदै नेता पुलामीको पहलमा विकास निर्माणले गति लिएको बताए । बागमती २ की बिक्की पहरीले वर्तमान राईगाऊँ, माझगाऊँमा विकासले गति लिएको भएपनि खहरे नियन्त्रण, पुल लगायतका कार्य पूरा हुन अझ बाँकी रहेको भन्दै नेता पुलामीबाट नै यस क्षेत्रका मतदाताहरूले अपेक्षा राखेको बताइन् ।
उम्मेदवार पुलामीले आफू निर्वाचित हुँदा होस वा उम्मेदवार नै नरहेको अवस्थामा होस यस क्षेत्रका जनतालाई साथ नछोडेको बताए । व्यवस्था बदल्न भएको निर्वाचनको कार्यभार पूरा गर्न सफल भएको भन्दै अब अवस्था बदल्न पनि सफल हुने विश्वास व्यक्त गर्दै जनअपेक्षा बमोजिम आफूले काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया