नेपालगञ्ज आइसीपीको शिलान्यास आज

काठमाडौं : नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज एकीकृत जाँचचौकी (आइसीपी) को आज शिलान्यास हुने भएको छ । भारत सरकारको सहयोगमा निर्माण हुने उक्त जाँचचौकी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाको परामर्शदाता राइट्स इण्डिया लिमिटेडले जनाएको छ ।
नेपाल र भारतबीचका प्रमुख व्यापारिक नाकामा एकीकृत जाँचचौकी निर्माण गर्ने सम्बन्धमा सन् २००५ मा सम्झौता भएको थियो । भारतको विदेश मन्त्रालयको सहयोगमा कार्यान्वयन गर्नेगरी वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा आइसीपी निर्माण गर्ने सहमति भएकोमा भारतले वीरगन्ज र विराटनगरमा भने निर्माण सम्पन्न गरिसकेको छ । वीरगन्जको आइसीपी २०७४ चैतको मध्यदेखि र विराटनगर आइसीपी गत वर्ष माघदेखि सञ्चालनमा आएका हुन् ।
अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न यस्ता सीमा पूर्वाधारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । विश्व बैंकको व्यवसाय गर्ने वातावरणमा सहजता सम्बन्धि प्रतिवेदन, डुइङ विजनेस, २०२० ले वीरगन्जमा आइसीपी सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा मद्दत पुगेको उल्लेख गरेको छ ।
व्यापार सहजीकरणसम्बन्धि सूचकांकमा नेपाल १९० देशमध्ये ६०औं स्थानमा उक्लेको छ । आइसीपी सञचालनले नेपालमा आयात गर्दा भन्सार जाँचपास लगायत बोर्डर क्लीयरेन्समा औसत ५८ घण्टा लाग्ने गरेकोमा आइसीपी सञ्चालनमा आएसँगै ११ घण्टामा झरेको उल्लेख गरेको छ । त्यस्तै, निर्यातमा पनि बोर्डर क्लीयरेन्समा ३० घण्टा लाग्ने गरेकोमा ११ घण्टा लाग्ने गरेको उल्लेख छ ।

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया