मिसेस् नेपाल युनिभर्सको खोजी प्रारम्भ

काठमाडौँ- ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरुको समग्र सशक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक जिभा इन्कोरपरेटेडले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ ।
युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन दिनेका लागि नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन प्रक्रिया सञ्चालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरूले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । प्रतियोगिताको परिकल्पना तथा निर्देशन सानु खान हुन् भने कोरियोग्राफी कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यको रहनेछ ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया