'नम्बरी सुन'को मुख्य भूमिकामा अभिनेता आमेष भण्डारी

काठमाडौँ- राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भूमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माण टिम र आमेषवीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।
निर्देशक गिरी 'नम्बरी सुन' झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । मंसिर ७ गतेबाट फ्लोरमा जाने सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सिनेमाका लागि अन्य कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ ।
लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया