परिनीतिसँगै रनवीर सिंहले पनि छोडे यशराज फिल्म

मुम्बई - यशराज फिल्म फिल्म निर्माण कम्पनी मात्र होइन यसले वितरण र कलाकारको काम पनि हेर्छ । यशराज ट्यालेन्टको नाममा यसले आफूले मौका दिएका कलाकारको काम हेर्छ । यसमा यशराज ब्यानर बाहिरका फिल्म पछि पर्छन् ।
केही दिनअघि मात्र अभिनेत्री परिनीति चोपडाले यशराज फिल्मको यो ट्यालेन्ट म्यानेजमेन्ट गर्ने एजेन्सीबाट छुट्टिने निर्णय गरेको समाचार आएका थिए । उनले यशराजको ट्यालेन्ट म्यानेजमेन्टबाट बिदा लिँदै नयाँ एजेन्सीसँग काम चाहेका छन् । उनले यसका लागि बाँकी दुई तीनवटा एजेन्सीसँग कुरा गरिरहेका छन् ।
रनवीरले यशराज फिल्मकै ‘ब्यान्ड बाजा बारात’बाट बलिउड फिल्मको यात्रा सुरु गरेका थिए । फिल्मको कुनै पृष्ठभूमि नभएका रनवीर स्टार बन्ने पछिल्लो पुस्ताका एक मात्र अभिनेता हुन् । उनले यशराज फिल्मका आधा दर्जन हाराहारी फिल्म गरेका छन् । रनवीरले आदित्य चोपडाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘बेफिक्रे’मा अभिनय गरेका थिए । पर्याप्त चर्चाका बावजुद फिल्म फ्लप भएको थियो ।
आफूलाई ब्रेक दिएका कारण यशराज फिल्मप्रति अनग्रहित रहेको रनवीरले बेलाबखत बताउने गरेका छन् । ट्यालेन्ट एजेन्सी छाडे पनि रनवीर आदित्य चोपडाबीच कुरा भइरहेको समाचारमा जनाइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया