मकवानपुरमा वर्ड फ्लु राेग नियन्त्रण पूर्व तयारी

मकवानपुर । मकवानपुरमा बर्ड फ्लु राेग नियन्त्रणकाे पूर्व तयारी थालिएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जिल्ला बर्ड फ्लु राेग नियन्त्रण प्राविधिक समितिकाे बैठक बसी आवश्यक तयारी थालिएकाे हाे ।
बैठकलाई नियमित गराउँदै पूर्व तयारी सधैं तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे निर्देशन दिए । चिसाे माैसम सुरु भएसँगै पंक्षी तथा पंक्षीजन्य पदार्थबाट सर्ने संक्रामक राेग वर्ड फ्लु संक्रमण फैलिने भएकाेले पूर्व तयारी थालिएकाे भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरले जनाएकाे छ ।
केन्द्रका अनुसार मंसिरपछि पंक्षी फार्महरूमा नियमित अनुगमन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने प्राविधिक समितिकाे बैठकले संक्रामक राेग वर्ड फ्लुबाट बच्नकाे लागि कुखुरा व्यवसायी संघसँगकाे सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनचेतनाकाे काम अघि बढाउने निर्णय गरेकाे छ ।
यसैगरी, वर्ड फ्लु भई नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य पदार्थकाे राहत उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने समेत निर्णय बैठकले गरेकाे भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका पशु चिकित्सक डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । मकवानपुर जिल्लामा मात्रै ५ लाखको हाराहारीमा पंक्षी ब्यवसायी रहेको बताइएको छ ।
कुखुरा व्यवसायी संघका गाेकुलनाथ पाैडेलका अनुसार दानाको मुल्य बढेपछि व्यवसायी बिस्थापित हुँदै गएका छन । व्यवसायीलाई राज्यले यसवर्ष मात्रै ५७ करोड ६४ लाख राहत प्रदान गरेको पौडेलले बताए । पाउनु पर्ने सबै राहत अझै उपलब्ध गराइसकेको छैन । राहत भन्दा खोप सस्तो हुने भएपनि नेपालमा कुखुरामा लगाउने खोप सरकारले उपलव्ध गराएको छैन ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया