डा. कार्कीविरुद्ध रिट लिएर निर्वाचन आयोग गयो सर्वोच्च अदालत

काठमाडौँ- ललितपुर- ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले रिट दर्ता गराएको छ ।
अदालतले गत १५ गते आयोगको उम्मेदवारी खारेजीविरुद्ध कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो । आयोगले अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया