मकवानपुरमा सान्त्वना खाेज्दै आनन्दराम पराजुली

मकवानपुर- सत्ता गठबन्धनकाे तर्फबाट मकवानपुर क्षेत्र नं. १ प्रदेश सभा (ख) का उम्मेदवार आनन्दराम पराजुली मकवानपुरमा सान्त्वना खाेज्दै घरदैलाे कार्यक्रममा व्यस्त छन् । नेपाली काँग्रेस मकवानपुरका पूर्व नगर सभापति आगामी निर्वाचनमा प्रदेश सभा (ख) सदस्यमा विजयी हुने उत्साहका साथ चुनावी प्रचारप्रसारमा घरघर पुगेर मतदाताकाे आशीर्वाद लिइरहेका छन् ।
मतदाता शिक्षा दिन नसकेकै कारण २०७४ सालकाे स्थानीय तह निर्वाचनमा हेटाैंडा उपमहानगरपालिकाकाे मेयरमा थोरै मतले पराजित भएका कांग्रेस नेता पराजुली यसपटक जनताकाे प्रतिनिधि चुनिनेमा विश्वस्त छन् । अघिल्लाे स्थानीय तहकाे निर्वाचनमा हेटाैंडा उपमहनागरपालिकामा नेकपा माओवादी केन्द्रसँगकाे चुनावी तालमेल भएकाेमा मतदाता शिक्षाकाे कमीले उनी पराजित भएका थिए । मकवानपुरे जनतामा परिचित उनी अहिले हेटौंडा उपमहानगरकाे १२ वडाकाे प्रतिनिधित्व रहने प्रदेश सभामा उम्मेदवार भएर प्रचारप्रसारमा गरिरहेका छन् ।
गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरकै टिकट पाउनसक्ने नेताको रूपमा गनिएका उनी गठबन्धनका कारण नेकपा (एस) को भागमा परेपछि चित्त बुझाउँदै गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका थिए । अहिले कांग्रेसले प्रदेश सभा सदस्य पदको टिकट दिएपछि उनीमाथि ‘न्याय’ भएको र ‘जित सुनिश्चित’ रहेको भन्ने मतदाताहरू पनि रहेका छन् ।
‘अघिल्लो पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेकाले पनि मलाई यो पटक धेरै सहज भएको छ,' उनी भन्छन्, ‘मतदाताको साथ, सहयोग, सद्भाव र हौसलाले थप उर्जा मिलेको छ । माहौल निकै राम्रो छ, गठबन्धनको जित सुनिश्चित भैसकेको छ ।’ उनलाई अहिले कांग्रेससहित गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायतको दलको पनि साथ रहेको छ ।
उनी गठबन्धन बाहिर रहेका पार्टीका नेता कार्यकर्ताको पनि रोजाई बनिरहेका छन् । ‘म कांग्रेसको कार्यकर्ता हुँ । म निरन्तर पार्टीलाई मजबुत बनाउन र यहाँका जनताको सुखदुःखमा साथै रहेको छु,' उनले भने । पराजुलीले शुक्रबार हेटौंडा ५ र २ नम्बर वडाको घरदैलाे अभियानका क्रममा पनि मतदाताको धेरै साथ र सहयोग पाएको बताए । पटक-पटक चुनाव जितेको एमालेका उम्मेदवारहरूले कुनै एजेण्डा नै नभएपछि अनेक अफवाह र भ्रम फैलाइरहेका उनले बताए ।
कांग्रेसकै पनि एउटा समूह तपाईंको विरुद्धमा छ भनिन्छ नि ? भन्ने प्रश्नमा उनले यो सब विरोधीले चलाएको अनावश्यक झुटो हल्ला मात्र भएको बताए । ‘कांग्रेस ठूलो पार्टी हो, यहाँ एकसेएक नेताहरू रहेका छन् । टिकटका लागि मसहित अन्य नेताहरूको पनि दाबेदारी थियो । दाबेदारी हुनु स्वभाविक पनि हो,' उनले भने, ‘टिकट मेरो नाममा आयो । अहिले सबै नेताहरू मकवानपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लागेका छौं ।
एकजनाले मात्रै हार्दा पनि गठबन्धनप्रति विश्वास नहुने, पार्टीमै समस्या आउने हुनसक्छ भन्ने विषयमा हामी क्लियर छौं,’ गठबन्धन र कांग्रेसभित्र कुनै समस्या नरहेको उनले प्रष्ट पारे ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया