विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : सिके राउत

मोरङ- जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।
विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पुर्याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पुर्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष राउतले युवाहरूलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिए भने यस पटक आफ्नो पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे । रासस

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

प्रतिक्रिया