प्रयाप्त अभ्यास गर्न नपाउदाआइपिएलमा धेरै खेलाडी घाइते भएः एलेक्स क्यारी

दुबईः ईन्डियन प्रिमियर लिगमा प्रतिष्पर्धा गरिरहेको दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान एलेक्स क्यारीले पर्याप्त अभ्यास खेलहरू खेल्न नपाएकाले धेरै खेलाडीहरू घाइते हुँदै गएको बताएका छन् । कोभिड-१९को महामारीले पछिल्ला ६ महिना क्रिकेट खेल नभएकाले अभ्यास गर्न नपाउँदा खेलाडीहरू शारिरिक रुपमा तयार हुन नसकेको उनले बताए ।
क्यारीको टिम दिल्ली आईपीएलमा खेलाडीहरूको चोटबाट पिडित छ । पछिल्लो पटक विकेटकिपर रिषभ पन्त घुडाँको चोटले प्रतियोगिताका केही खेलहरू गुमाउने अवस्थामा पुगेका छन् । ‘प्रतियोगिताको थोरै अवधिमा नै हामीले केही खेलाडीहरू घाइते भएको देखिरहेका छौं । यसको मुल कारण के हो थाहा छैन । मलाई भने प्रतियोगिता सुरु हुनु अगाडी पर्याप्त अभ्यास खेल खेल्न नपाएर खेलाडीहरूमा समस्या देखिएको जस्तो लाग्छ,’ क्यारीले दिल्लीको आधिकारिक ट्वीटर ह्यान्डलमा राखिएको भिडियोमा भनेका छन् । ‘हो हाम्रो टिमबाट केही नराम्रा खबरहरू आइरहेका छन् । तर हामीलाई हौसला प्रदान गरिरहने ब्यक्तिहरू छन् । जसले हामीलाई प्रत्येक खेलमा राम्रो गर्न उत्साह मिलिरहको हुन्छ । हामी प्रतियोगिताको बिचतिर अइपुगेका छौ । हामीले पहिलो चरणमा सबै टिमहरूविरुद्ध राम्रै खेलेका छौ । आशा छ हामीले बाँकी खेलका पनि राम्रै गर्छौ,’ क्यारीले भिडियोमा भनेका छन् ।
यता भारतीय सञ्चार माध्यम एनआईले दिल्लीले प्रतियोगिता आयोजकसँग इशान्त शर्माका ठाउँमा अर्को खेलाडी राख्न अनुमती मागेको छ । तिब्र गतिका बलर शर्मा घाईते भएपछि प्रतियोगिताबाट बाहिरिसकेका छन् । दिल्लीले जारी गरेको बिज्ञप्तीमा शर्माले देब्रे पट्टीको ‘अब्लिक मसल्स’मा चोट लागेको उल्लेख छ ।
यसअघि लेग स्पिनर अमित मिश्रा पनि प्रतियोगिताबाट बाहिरिएका थिए । कोलकत्ता नाईट राइडर्ससँगको खेलमा उनलाई औलामा चोट लागेको थियो । क्यारी दिल्लीले आफ्नो प्रर्दशनलाई सुदृढ बनाउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाउने आशा राख्छन् । ‘हामीले पहिलो चरणका खेलहरूमा राम्रै गरेका छौं जस्तो लाग्छ । हामीले अब आफ्नो प्रदर्शनमा थप निखार ल्याउन जरुरी छ । आशा छ हामीले अन्तिम दुईमा स्थान बनाउने छौ,’ क्यारीले आशा व्यक्त गर्दै भने ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया