कलाकार खोज्दै मुकुन र बेनिशाको 'बिजुली'

काठमाडौँ- केही समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ ले अडिसनमार्फत कलाकार छान्ने भएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सहायक चरित्र अडिसनबाट लिने निर्माण टिमले जनाएको छ ।
विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यू निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भई सकेका छन् अब बाँकी कलाकार अडिसनबाट छानिने छ ।
क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन माघबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक शंकर धिताल,मुख्य सहायक निर्देशक आयुष बिसी,प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्। चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया