सेलेनालाई आमा बन्न नपाउने डर !

लसएन्जल्स- एप्पल टिभीमा भर्खरै अमेरिकन गायिका तथा नायिका सेलेना गोमेजको जीवनीमा आधारित डकुमेन्ट्री सार्वजनिक भएको छ । ‘माई माइन्ड एन्ड मी’ शीर्षकको यो डकुमेन्ट्रीको प्रचारका क्रममा गोमेजले आफ्नो भविष्यका योजनाका बारेमा कुरा गरेकी थिइन् । यो गर्ने क्रममा उनले आफूले चाहेर पनि गर्न नसक्ने सम्भावित काममा आमा बन्न नसक्ने कुरालाई उनले प्राथमिकतामा राखेकी थिइन् ।
‘मलाई ठूलो परिवार मन पर्छ । तर म आफैँ भने आमा बन्न सक्छु जस्तो लाग्दैन,’ उनले फक्स न्युजसँगको कुराकानीमा भनेकी थिइन् । सेलेना आमा बन्न नसक्ने कारण भने उनको रोग र यसका लागि उनले खाइरहेको दबाइ हो । सेलेनाका अनुसार उनले ‘बाइपोलर डिसअर्डर’को दबाई खाइरहेकी छिन् र यो दबाई लिउन्जेल बच्चा पाउन सम्भव छैन । तर सेलेनाले अन्य उपायबाट पनि परिवार भने बनाउन सकिने बताएकी छिन् ।
योभन्दा पहिला सेलेनालाई लुपस भन्ने रोग लागेको थियो र उनको मृगौला पनि प्रत्यारोपण गरिएको थियो । यस्ता सबै कारणले सेलेना आमा बन्ने कुरामा सशंकित भएकी हुन् । उनले नयाँ रिलिज डकुमेन्ट्रीमा भने करिअरको उतारचढावको बारेमा कुरा गरेकी छिन् । उनले जस्टिन विबरसँगको ब्रेकअपको समय जिन्दगीकै कठिन समय भएको बताएकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया