पुष्प र साम्राज्ञीको गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार

काठमाडौँ - पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर 'तिम्रो मेरो साथ'ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यू सिनेमाले तिहारमा रिलिज गरेको 'रुमालै बाटेर टाई बनाम' बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।
सिनेमाको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा१य लाख बढी भ्युज पाएको छ । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। उनीहरूले #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ। यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ।
यो प्रतियोगिता सिनेमाका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागू हुनेछ। सिनेमामा कुल ३ वटा गीत रहेका छन्। 'रूमालै बाटेर टाई बनाम' बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द बी पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ।
सिनेमामा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्क बहादुर पुन(खबपु) आदिको मूख्य भूमिका रहेको छ। सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले संयुक्तरुपमा लेखेका हुन्।
आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन्। यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया