डेनमार्कको फिल्म फेस्टिभलमा जुरी बनेका शिव पुरी भन्छन्, ‘गज्जब ज्ञान पाइयो’

काठमाडौँ -तीन दर्जन बढी नेपाली फिल्म सम्पादन गरेका शिव पुरीले डेनमार्कको ‘ब्रेइजनिङ फिल्म फेस्टिभल’मा निर्णायकको जिम्मेवारी पूरा गरेका छन् । पुरी डेनमार्कमा हप्ता दिनसम्म चलेको फेस्टिभलमा विश्वका प्रतिष्ठित फिल्ममेकरसँगै बसेर निर्णायकको जिम्मेवारी पूरा गरेका हुन् । फेस्टिभल अक्टोबरको दुई देखि ९ तारिखसम्म चलेको थियो । थुप्रै डकुमेन्ट्रीको निर्माण तथा सम्पादन गरेका पुरीले प्रतिष्ठित फिल्म फेस्टिभलमा निर्णायक बन्दाको अनुभव सुखद रहेको बताएका छन् ।
‘जुरीको रुपमा विश्वका सयभन्दा बढी फिल्म हेरियो । यसले विश्व सिनेमासँग एकै पटक नजिक हुने अवसर दिलायो । त्योसँगै फेस्टिभल नै कसरी गर्न सकिनेरैछ भन्ने कुरा पनि यो क्रममा थाहा भएँ,’ उनले भने, ‘भविष्यमा यो ज्ञान नेपाली चलचित्रमा पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेको छ ।’
शिव र निर्णायकको टोली सयबढी फिल्मबाट ३५ फिल्म सर्टलिस्ट गरेको थियो । यसरी सर्टलिस्ट भएका फिल्मलाई युरोपका विभिन्न ठाउँमा देखाइएको थियो । देखाइएका ठाउँबाट प्राप्त प्रतिक्रिया निर्णायकले दिएको अंक जोडेर विभिन्न विधाका फिल्मलाई विजेता घोषणा गरिएको थियो ।
शिव पुरीले अनलाइन आवेदन दिएर निर्णायकको रुपमा छानिएको इकागजलाई जानकारी गराएका छन् । उनका अनुसार फेस्टिभलले जुरी बन्न इच्छुकका लागि ओपन कल गरेको थियो । यही सूचना आधारमा उनले आवेदन दिए र फिल्ममा काम गरेको पृष्ठभूमि हेरर आफूलाई छानेको उनको भनाइ छ ।
‘जुरीका लागि उनीहरूले सूचना निकालेका थिए । मैले आफ्नो बायोडेटासहित जुरी बन्न इच्छुक रहेको निवेदन दिएको थिएँ । उनीहरूले छानेर सो जिम्मेवारी दिए,’ उनले भने ।निर्णायकले फिल्म फ्रिवेमा प्राप्त फिल्म हेर्दै अंक दिँदै पठाएका थिए । यो क्रममा तीन महिना लागेको उनले बताएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया