शाहरुखको ‘जवान’लाई चोरीको आरोप

मुम्बई- शाहरुख खान पहिलो पल्ट दक्षिण भारतीय फिल्ममा काम गरिरहेका छन् । तमिल निर्देशक एटलीको निर्देशन रहेको ‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग काम गरिरहेका छन् । यो फिल्मको सुटिङ अझै सकिएको छैन तर रिलिज अगावै यो फिल्म विवादमा फसेको छ ।
तमिलकै निर्माता मनिकम नारायणनले ‘जवान’को कथा चोरी भएको आरोप लगाएका हुन् । उनले तमिल फिल्म निर्माता संघमा आफ्नो कथा चोरी गरेर एटलीले फिल्म बनाएको आरोप लगाएका हुन् । उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन् ।
सन् २००६ मा रिलिज भएको फिल्ममा विजयकान्तको दोहोरो भूमिका छ । ‘जवान’मा पनि शाहरुख खान दोहोरो भूमिका देखिने चर्चा छ । फिल्ममा विजय सेतुपती र प्रियामणीको पनि अभिनय रहेको छ । यो फिल्म आउँदो सालको जुन २ मा रिलिज हुँदैछ ।
निर्माताको दाबीलाई लिएर सोमबार तमिल निर्माता संघले सोधपुछ सुरु गर्ने भएको छ । पहिलो त फिल्मको अधिकार निर्मातासँग छ कि छैन भनेर यकिन गर्ने निर्माता संघले जनाएको छ । शाहरुख यतिबेला ‘पठान’ र ‘डंकी’ पनि काम गरिरहेका छन् । यी दुवै फिल्म पनि आउँदो वर्ष रिलिज हुने सेड्युलमा छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया