भारत समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ- भारत समूह दुईको विजेताको रूपमा अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम खेलमा जिम्बाब्वेलाई ७१ रनले पराजित गर्दै भारत समूहको विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
५ खेलबाट ८ अंक जोड्दै भारत तालिकाको शीर्ष स्थानमा रह्यो । यता ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान भने उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।
अब भारतले समूह एकको उपविजेता इंग्ल्यान्ड र पाकिस्तानले समूह विजेता न्यूजिल्यान्डको सामना गर्नेछ ।
आइतबारको खेलमा भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रनमात्र जोड्न सक्यो । जिम्बाब्वेका लागि र्यान बर्लले ३५ तथा सिकन्दर राजाले ३४ रन जोडे । भारतका लागि रविचन्द्रन आश्विनले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोड्यो । भारतका लागि सुर्यकुमार यादवले २५ बलमा अविजित रहँदै ६१ रन जोड्दा केएल राहुलले ३५ बलमा ५१ रनको योगदान गरे । जिम्बाब्वेका सिन विलियन्सले सर्वाधिक २ विकेट हात पारे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया