‘नायकन’को ३५ वर्षपछि एकसाथ काम गर्दै मणिरत्नम् र कमल हासन

मुम्बई - ‘विक्रम’ सुपरहिट भएपछि कमल हासन अभिनयमा थप सक्रिय भएका छन् । कमलले भर्खरै ‘इन्डियन २’को सुटिङ सकाएका छन् । क्रेन दुर्घटना परेर सेटमा काम गरिरहेका मजदुरको मृत्यु भएपछि यो फिल्मको सुटिङ रोकिएको थियो ।
तर हासनको ६८ औँ जन्मदिनमा उनले मणिरत्नमसँग काम गर्ने घोषणा गरेका छन् जुन सन् २०२४ मा रिलिज हुनेछ । मणिरत्नम् र कमल हासनले थप निर्मातासँग मिलेर बनाउन लागेको फिल्मको नाम ‘केएच २३४’ राखिएको छ ।
मणिरत्नम् र कमल हासनले जीवनकालमा एउटा मात्र फिल्ममा काम गरेका छन् । त्यो फिल्म हो ‘नायकन’ । सन् १९८७ मा रिलिज भएको यही फिल्मबाट कमल हासनले स्टारडम हासिल गरेका थिए । ‘नायकन’लाई तमिल सिनेमाको क्लासिक सिनेमा मानिन्छ । यही फिल्ममा काम गरेपछि मणिरत्नम् र कमल हासनले कहिले पनि दोहोर्याएर काम गरेका थिएनन् ।
यो फिल्म रिलिज भएको ३५ वर्षपछि भने आआफ्नो क्षेत्रका यी दुई दिग्गज फिल्म निर्माणमा जुटेका छन् । फिल्मको बाँकी जानकारी सार्वजनिक भइसकेको छैन । तर मणिरत्नम्ले ‘पीएस २’को सुटिङ र रिलिजपछि बल्ल यो फिल्मको काम गर्नेछन् । भर्खरै रिलिज भएको ‘पीएस १’ले विश्वभरबाट ५ करोड भन्दा ज्यादा कमाइ गर्दै सर्वाधिक कमाउने तमिल फिल्म बनेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया