‘कान्तारा’ अभिनेता भन्छन्, ‘हिन्दी फिल्म खेल्दिनँ’

मुम्बई - ‘कान्तारा’ अभिनेता रिसब सेठ्ठीले अहिले वा भविष्यमा पनि हिन्दी फिल्म खेल्ने सोच नरहेको बताएका छन् । उनले आफू कन्नड दर्शकका कारण यहाँसम्म आइपुगेकाले एउटा फिल्म चल्यो भन्दैमा कन्नड भाषा छाडेर अरुतिर नजाने बताएका हुन् ।
‘म अझ धेरै कन्नड सिनेमा खेल्न चाहान्छु । मलाई कन्नडिगा हुनमा गर्व छ । कन्नड दर्शक र यहाँको उद्योगका कारण म यहाँ छु । एउटा फिल्म हिट भयो भन्दैमा परिवार र साथीहरू परिवर्तन हुँदैनन् । मेरो मन कन्नडमै छ,’उनले हालै दिएको एक अन्तर्वार्तामा हिन्दी फिल्म गर्ने कि नगर्ने भन्ने प्रश्नको उत्तरमा यस्तो जवाफ दिएका हुन् ।
१० करोडभन्दा कम बजेटमा बनाएको फिल्मले दुई सय करोड बढी कमाएको छ । फिल्मले हिन्दी भाषामा मात्र ६२ करोड कमाइ गरेको छ । रिसबले आफूले भारतभर फिल्म रिलिज गर्नेगरी फिल्म नबनाएको तर फिल्मले आफैँ आफ्नो बाटो तय गरेको बताएका थिए । उनले भोलिका दिनमा पनि आफूले मरिहत्ते गरेर हिन्दी वा अन्य भाषीका लागि भनेर फिल्म नबनाउने बताए । रिसब स्वंयले निर्देशन गरेको फिल्मले आदिवासीको संस्कृतिलाई प्रस्तुत गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया