चार कम्पनीसँग ठेक्का तोड्दै भवन निर्माण आयोजना

काठमाडौं : धनकुटाको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणाधीन स्वास्थ्य चौका तथा सडक अलपत्र पार्ने चार कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । निलगिरी निर्माण सेवा प्रालि, नागराज/पोखरे कालिका जेभी, सारासृष्टि/दिल जेभी र किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीको ठेक्का तोड्ने भएको हो ।
निलगिरी निर्माण सेवाले तेह्रथुमको थोक्लुङ चौकी भवन र ईसिबु स्वास्थ्य भौकी भवन निर्माण कार्य अलपत्र पारेको छ ।
नागराज/पोखरे कालिका जेभीले नेपालेडाँडा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण अलपत्र पारेको थियो । सारासृष्टि/दिल जेभीले याङ्पाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण समयमा सम्पन्न गरेको छैन । किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले खाँदबारी नगरपालिकाको मुख्य बजार क्षेत्रहरूमा नाला तथा सडक स्तरोन्नति (मानेभञ्ज्याङदेखि चेवावेसी सडक निर्माण कार्य) संखुवासभासम्मको काम अलपत्र पारेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले बारम्बार मौखिक तथ लिखित ताकेता गर्दा पनि ती कम्पनीहरूले बेवास्ता गरिरहेका छन् । उनीहरूलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । चित्तबुझ्दो निर्देशन नआएमा ठेक्का तोडी कालोसूचीमा राख्ने उल्लेख छ ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया