जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान जापानको टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे ।
राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया