राजकुमार राईको 'द सोल अफ कमान्डो’ मंसिर २३ मा

काठमाडौँ- २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ । चलचित्र ‘द सोल अफ कमान्डो’मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एसियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि विशेष योगदान पुर्याएका छन्।
चलचित्र’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ ।
चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।
चलचित्रमा छायांकन दिर्घ गुरुङको, द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया