खुला 'बाघचाल' र 'ठाडो भाका' प्रतियोगिता हुँदै

लमजुङ : यही बैशाख १० र ११ गते खुल्ला प्रतियोगिताको रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककलाा प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।
ठाडोभाका लोककलाा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोक संस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले ठाडो भाकाको लागि पुरुष र महिला तीन/तीनजना सहभागी भई विपरीत लिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुर बेँसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवर्दन दोर्दी गाउँपालिकाले गरेको छ ।
कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका–भाका नर्मदा स्मृति पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ । प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताए । ठाडोभाकातर्फ ९० टिम र बाघचाल प्रतियोगितातर्फ ३५ जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
ठाडोभाकातर्फ प्रथमलाई २५, दोस्रोलाई १५, तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने र सहभागी समूहलाई बाटो खर्चस्वरुप र तीन/तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार र सान्त्वना दुई जनालाई दुई/दुई हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र सदस्य सीता दुराले ठाडो भाकाका केही टुक्का गाउनु भएको थियो ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_AGlndz1MJ4_7bppovqpbqjbooava6z9qyzbdfk9d72xje9o7tdcfjjksin9xh9bocfqgh0a.jpg)
प्रतिक्रिया