टी-ट्वान्टी विश्वकपः बुधबार पहिलो सेमिफाइनल
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । न्यूजिल्यान्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल खेल सिड्नीमा नेपाली समयअनुसार १:४५ बजेबाट सुरु हुनेछ ।
सुपर १२ अन्तर्गत समूह एकको विजेताका रूपमा न्यूजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा पाकिस्तान भने समूह दुईको उपविजेता बनेको थियो ।
समूह एकमा न्यूजिल्यान्ड, इंग्ल्यान्ड र आयोजक अस्ट्रेलियाले समान ७ अंक जोडे पनि नेट रनरेटका आधारमा न्यूजिल्यान्ड पहिलो तथा इंग्ल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गर्यो ।
न्यूजिल्यान्डले ५ मध्ये ३ खेल जित्दै एक खेलमा पराजित हुँदा एक खेलमा अंक बाँडेको थियो ।
अर्कोतर्फ समूह दुईमा पाकिस्तानले खेलेका ५ मध्ये ३ खेलमा जित तथा २ खेलमा पराजित हुँदै ६ अंकका साथ समूहको उपविजेताका रूपमा अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । भारतले भने ५ मध्ये ४ खेलमा जित तथा १ पराजयसँगै ८ अंक जोडेर समूहमा पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया