मधेशमाथि पुलिसको १९१ रनको शानदार जित

काठमाडौँ- काठमाडौँमा जारी पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले मधेशलाई १ सय ९१ रनले पराजित गरेको हो ।
यससँगै सबै ४ खेलमा जित हात पारेको पुलिस समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो भने दुई खेल जित्दै एक खेलमा अंक बाँडेर मधेश पनि उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।
मंगलबारको खेलमा २ सय ७४ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रनमै सिमित भयो । मधेशका लागि आदिल आलमले सर्वाधिक ४२ रन जोडे । मधेशलाई सस्तैमा समेट्न कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिदाँ करण केसीले ३ तथा राशिद खानले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रनको योगफल तयार पार्यो । पुलिसका लागि आरिफ शेखले सर्वाधिक ७३ रन जोड्दा अमित श्रेष्ठले ६५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रनको योगदान गरे ।
मधेशका लागि राजेश यादव र रुपेश सिंहले समान ३-३ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया