'कान्तारा'का कलाकारको पारिश्रमिक कति ?

मुम्बई- दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ ।
फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।
ऋषभ शेट्टी
फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन् । उनले यो फिल्मका लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।
सप्तमी गौडा
सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन् ।
अच्युत कुमार
फिल्ममा अच्युतले देवेन्दको भूमिका निभाएका छन् । उनी फिल्मका भिलेन हुन् । कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
किशोर
दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन् ।
प्रमोद शेट्टी
प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैयाँ बुझेका छन् ।
दीपक राय पानाजे
फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उनले ४० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।
नवीन डी पडिल
नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन् । उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिकाका लागि २५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया