पार्टी कार्यालय शिलान्यास गर्दै ओलीले भने, 'गल्ती महसुस गर्नेलाई अवसर दिन्छौं, कमजोरी नठानियोस्' (फोटो फिचर)
‘टाउकोमा हान्न सके जिउ जति बलियो भए पनि काम लाग्दैन’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर पार्टीको मर्म अनुसार अघि बढन चाहने हरेक नेता कार्यकर्तालाई जिम्मेवारीको अवसर दिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास पछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँडदा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताए ।
‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’, उनले भने । कसैले गृटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।
प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्य बाटै निकालेको उल्लेख गरे । टाउको मै हान्न सके जीउ जति बलियो भए पनि काम लाग्दैन त्यसैले मलाई कारबाही गरियो, उनले भने । अब उप्रान्त पार्टीमा भागबण्डा नहुने उनले बताए ।
२०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबै भन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो ।
एमाले पार्टी कार्यालय शिलान्यासका केही झलकहरू :

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया