पार्टी होइन मत फेर्नुस् : लामिछाने

हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी होइन मत फेर्न मतदातालाई आग्रह गरेका छन् ।
चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत हेटौंडा आएका लामिछानेले ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै अब मत फेर्ने समय आएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘वर्षौंदेखि लागेको पार्टी छोड्नुस् भन्दिनँ । यसपटक निर्वाचनमा पार्टी होइन मत फेरेर हेर्नुस् ।’ देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकाले पनि आफू राजनीतिमा आएको उनकाे भनाइ छ ।
वैदेशिक रोजगारीमा गएका युवाहरूलाई 'नेपाल फर्क' अभियान नै सञ्चालन गरेर काम गरी खाने वातावरण सृजना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको लामिछानेले जानकारी दिए ।
‘काम गर्न चुनाव जित्नै पर्दैन । समस्या पर्दा सबैलाई सहयोग गर्न तयार छु । समाजमा चेलिबेटीहरूमा भएको विभेद अन्त्य गर्न र अत्याचार गर्न सधैं आवाज उठाइरहेको छु,’ लामिछानेले भने । उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी महिला उम्मेदवार उठाएको जानकारी गराउँदै आफूले हात हालेको काम अधुरो नछोडेको र देशमा भएका समस्याहरू स्थायी रूपमा समाधान गर्न तयार रहेको बताए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया