बाँकेमा लकडाउन: बजार सुनसान, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बाँके : बाँकेमा कोभिड-१९ संक्रमणले भयावह रूप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीब्र गतिमा फैलिरहेको संकेरमणको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।
लकडाउनका कारण बजार सुनसान बनेको छ । सडकमा मानिसहरूको उपस्थिति छैन । अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरू एवं सार्वजसनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाइ सेवा भने निर्वाध संचालनमा छन् ।
यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरू, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया