अहिले सांसद लडेका छौँ, जितेपछि संसदीय दलको चुनाव लड्छु : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचन जित्नुको विकल्प नरहेको बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताए ।
उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए । महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए ।
उनले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र शुभेक्षा देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाए । ‘यसअघिको चुनावमा जस्तो उत्साह देखिन्थ्यो, त्यो देख्न छोडिएको छ । मेरो सन्दर्भमा नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने संकल्प गरेको छु,' उनले भने, 'म प्रत्येक निर्वाचनमा डराउँछु । निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्ति निहीत हुन्छ भन्नेकुरालाई विश्वास गर्नुपर्छ । अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो । जित्ने हो, त्यसपछि जो नेपाली कांग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया