‘कान्तारा’ नहेरेपछि रश्मिकालाई गाली

मुम्बई - ‘पुष्पा’ अभिनेत्री यतिबेला करिअरको उचाइमा छन् । दक्षिण भारतीयदेखि बलिउड फिल्मसम्म पनि उनी छाएकी छिन् । हालसालै विजयको नयाँ फिल्म ‘भरिसु’को गीतबाट नयाँ रेकर्ड कायम गर्न सफल रश्मिका ट्रोलरका कारण भने हैरान रहिछिन् । उनले मंगलबार लामो इन्स्टापोस्ट लेख्दै आफूमाथि विनाकारण पनि ट्रोल हुने गरेकोमा गुनासो गरेकी छिन् ।
पहिलादेखि नै ट्रोलरको निशानामा पर्दै आएकी रश्मिका यो पटक भने ‘कान्तारा’का कारण भुङ्ग्रोमा परेकी हुन् । भएको के थियो भने केही दिनअघि रश्मिकालाई हैदराबाद एयरपोर्टमा पत्रकारले ‘कान्तारा’ हेरेको कि नहेरेको भनेर सोधेका थिए । जवाफमा रश्मिकाले अहिलेसम्म आफूले फिल्म नै नहेरेको जवाफ दिएकी थिइन् । बस यतिभएपछि ट्रोलरलाई मसला पुगिगो । उनीहरूले रश्मिकाले ‘आफ्नो संस्कार र संस्कृतिको सम्मान गर्न नसक्ने, मात्तिएकी, पात्तिएकी’ आदि गालीसहित ट्रोल बर्साउन थाले ।
खासमा रश्मिकालाई फ्यान वा ट्रोलले खेदो खन्नुको कारण भने अर्कै छ । रश्मिकाले कन्नड फिल्म ‘किरक पार्टी’बाट अभिनय यात्रा सुरु गरेकी छिन् । यो फिल्मका निर्देशक थिए रिसब सेठ्ठी जो‘कान्तारा’का पनि निर्देशक तथा कलाकार हुन् । ट्रोलरले आफूलाई ब्रेक दिने निर्देशकको फिल्म नहेरेर रश्मिका ‘ठूलो पल्टिएको’ भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया