आन्तरिक लेखा परीक्षण प्रतिवेदन : ११ अर्ब ४० करोड बेरुजू

काठमाडौं : सरकारको आन्तरिक लेखा परिक्षण निकाय, महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ मा सरकारले दश खर्ब ९४ अर्ब रुपैयाँ खर्च गर्दा ११ अर्ब ४० करोड रुपैँया बेरुजू रहेको औंल्याएको छ । बिहीबार अर्थमन्त्रीलाई बुझाइएको आन्तरिक लेखा परिक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजू स्थानीय सरकारको रहेको उल्लेख छ ।
स्थानीय सरकारको बेरुजू ४ अर्ब २२ करोड रुपैयाँ छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयको १ अर्ब ८४ करोड, स्वास्थ्य मन्त्रालयको १ अर्ब ५२ करोड, रक्षा मन्त्रालयको ९८ करोड र राष्ट्रिय पुननिर्माण प्राधिकरणको ६० करोड रुपैयाँ बेरुजू रहेको छ ।
गत वर्ष कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारमा भएको आकस्मिक खर्चका कारण स्वास्थ्य मन्त्रालयको बेरुजू उच्च देखिएको छ । नेपाली सेनाको खर्चमा पनि ठूलो बेरुजू देखिएको छ ।
महालेखा नियन्त्रक मधुकुमार मरासिनीले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनले तोकेको अवधिभित्रै महालेखा नियन्त्रक कार्यालयल आन्तरिक लेखा परिक्षण प्रतिवेदन अर्थमन्त्रीसमक्ष बुझाएको बताए । सरकारी खर्चको बाह्य लेखा परिक्षक, महालेखा परिक्षकले भने गत आर्थिक वर्षको सरकारी खर्चको लेखापरिक्षण प्रतिवेदन चैत महिनामा सार्वजनिक गर्छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया