मैले जिते गुल्मीलाई नमुना जिल्ला बनाउँछु : नेता भण्डारी

काठमाडौँ- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको जिकिर गरे ।
नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको उल्लेख गरे । उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।
नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको नेता भण्डारीकाे भनाइ छ । उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताए । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उनकाे आराेप छ । उनले खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले सहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए ।
नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने भनाइ राखेका छन् । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया