‘कोभिड अस्पताल’ बन्दै स्वास्थ्य चौकी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ माहामारी सुरु भएसँगै अस्पताल बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने तयारी गरेको हो ।
बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ । कोभिडको दोस्रो लहर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा संक्रमणको जोखिम बढेकाले पूर्वतयारी स्वरुप ‘कोभिड अस्पताल’ बनाउँन लागिएको वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
कर्णालीको प्रवेशद्धारको रुपमा रहेको वीरेन्द्रनगरमा कोभिडको जोखिम बढी छ । उपप्रमुख ढकालका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल एक सय शैयाको आइसोलेसन अस्पताल निर्माण गरिनेछ । नगरपालिकाले वडास्तरिय कोभिड संकट समितिलाई समेत सक्रिय बनाई वडा तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने बताएको छ ।

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_9QQXkb532Y_dztxvg5rwr1chvtfozh1ckx2tfow42dlshjcyojm4t5thqshzxknempdbii1.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

प्रतिक्रिया