गठबन्धनलाई जिताउनुपर्छ : निधि

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक-पटक संविधान उल्लंघन गरेकाले त्यसको संरक्षण गर्नुपर्ने भएकाले निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका हुन् ।
संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ छ । उनले मंसिर ४ को चुनावमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरू उठाएको जिकिर गरे । कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए ।
त्यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश नेताहरूलाई उचित सम्मान र इज्जत दिने विश्वास दिलाए । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया