माघ २० गतेबाट पुष्प र वर्षाको ‘मनसँग मन’ रिलिज हुने
काठमाडौँ- सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माणपक्षले पक्का गरेको छ ।
यो चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।
चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।
यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया