नगरपालिकाको नयाँ अभियान : झण्डा गाड्ने, अण्डा बाँड्ने !

चन्द्रौटा : गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घर-घरमा झण्ड, हात-हातमा अण्डा’ अभियान सुरु गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत गर्भवतीको घरमा झण्डा गाड्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो ।
वडामा रहेका ८० गर्भवतीलाई एकएक क्यारेट अण्डा र घरमा राख्नका लागि हरियो झन प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् । 'गर्भवतीको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन् भन्ने उद्देश्यले झण्डा राखिएको हो', उनले भनिन्,'घरमा राखेको झण्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ ।'
नगरले गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताइन् । गत वर्ष पनि सुनौला हजार दिनका महिलालाई घरघरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकाले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिइन् ।
नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत शिवराज ११ वटै वडाका हजार दिनभित्रका महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम भइरहेको जनाइएको छ । गर्भवतीलाई लक्ष्य गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारी गरेको छ ।
निम्न वर्गका महिलालाई सुत्केरी गराउन सिफारिश गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्थासहित एम्बुलेन्स सञ्चालन हुने उपप्रमुख थारुले बताइन् । बालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न काम गरेको वडाध्यक्ष जगत जिसीले बताए । वडामा घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको जनाउँदै अब गर्भवती तथा सुत्केरीको खानपान रहनसहनमा ध्यान दिन आवश्यक रहेको प्रष्ट पारे ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया