प्रत्यक्षतर्फको ३ लाख ३२ हजार थान मतपत्र मकवानपुर आइपुग्यो

मकवानपुर- आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर जिल्लाको लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पठाएको प्रत्यक्षतर्फको ३ लाख ३२ हजार मतपत्र आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मकवानपुर निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत निरौलाले क्षेत्र नं १ मा १ लाख ६६ हजार मतपत्र आइपुगेको जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षत्रमा कूल १ लाख ५० हजार १ सय ५५ जना मतदाता रहेका छन् । यसैगरी अधिकृत निरौलाले निर्वाचन क्षेत्र नम्बर १ को (क) का लागि ८६ हजार र (ख) का लागि ८० हजार मतपत्र विभाजन गरि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेश सभा (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता रहेका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६० हजार पाँच सय ७८ मतदाताका लागि १ लाख ६६ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) मा ८३ हजार ९९ जना र प्रदेश सभा (ख) मा ७७ हजार चार सय ७९ मतदाता रहेका छन् ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको लागि गत असोज ३० गते नै मतपत्र आइसकेको छ । कूल ३ लाख सात ३७ जना मतदाता रहेको मकवानपुरमा ३ सय ६४ वटा मतदान स्थल तोकिएको छ । ति मतदान स्थलमा मतदाताको संख्याको अनुपातमा मतदान केन्द्र समेत निर्धारण गरिएको छ ।
यसै गरि मकवानपुरका दुवै निर्वाचन अधिकृतको कार्यालयले आआफ्नो निर्वाचन क्षेत्रमा खटाउने कर्मचारीको नामावली सार्वजनिक गरेको छ । जिल्लाका सरकारी कार्यालय, संस्थान, बैंक, विद्यालयहरूको बागमती प्रदेश निर्वाचन कार्यालयले एकीकृत गरी पठाए अनुसारको कर्मचारी विवरण सार्वजनिक गरेको हो ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया