‘डेसान’ टिजरमा भोला र नम्रताको लुकामारी

काठमाडौँ- महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको देखिन्छ । चलचित्र मंसिर २३ गते प्रदर्शन हुँदैछ ।
कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजङ सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ । टिजरमा फिल्मका सबै प्रमुख कलाकार समेटिएको छ ।
निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासदी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए । अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुःखपीडा बिर्सिएको बताइन् ।
अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले फिल्म हेर्दा सबै पीडा भुलेको बताए । ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने,‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजिक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’
पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडी,जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
हेर्नुस् टिजरः

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया