शिव परियारको ‘छैन है गुनासो’ मा अन्जना र विक्रम

काठमाडौं - गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय रहेको छ ।
यो समाचार तयार पार्दासम्म भिडियोलाई करिब २ लाखले हेरिसकेका छन् भने भिडियो ट्रेण्डिगंको २६ नम्बरमा आउन सफल भएको छ । डीपी खनालका शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई महेश महराको छायाङ्कन गरेका हुन् ।
लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ । मोडलिङमा आएको छोटो समयमा नै अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेकी छन् । यसैबीच रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।
यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले चर्चा बटुलेको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया