शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

देशभर ५ सय ४६ जना सक्रिय संक्रमित

काठमाडौँ- नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।