राप्रपाकाे चुनावी सभामा के भनिन् मनिषा काेइरालाले ? [भिडियाे]

काठमाडौँ- चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् ।
शुक्रबार काठमाडौँमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो ।
अभिनेत्री कोइरालाले वीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । उनले जनताको आवाजलाई संसद्मा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क समेत गरिन् । अभिनेत्री कोइरालाले भनिन्, ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरूले बिर्सेर होला । तर, राजेन्द्र लिङ्देनजीले बिर्सनु भएको छैन वीपी बालाई । वीपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि ।’
अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन् ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया